भाइको हत्या गरेर फरार बैतडीका कर्णबहादुर पक्राउ

dream cafe
learnar

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८, कालागाउँका कर्णबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

गोली प्रहार गरेर युवकको हत्या गरेका ४५ वर्षीय विष्टलाई दार्चुलाको महाकाली नगरपालिका–९, दत्तु क्षेत्रबाट पक्राउ गरिएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार बैतडी र दार्चुलाको प्रहरी टोलीले विष्टलाई भारत भाग्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

गत शनिबार विष्टले भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरी हत्या गरेका थिए।

हत्यालगत्तै विष्ट फरार भएका थिए। डीएसपी दाहालका अनुसार विष्ट ६ दिनदेखि जंगलमा लुकेर बस्दै आएका थिए।

‘पहिलेदेखि नै अपराधमा संलग्न रहेका विष्टलाई मोबाइलको लोकेसनका आधारमा पक्राउ गर्न सफल भएका हौँ,’ उनले भने।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.