कस्तो रहला आजको माैसम ?

dream cafe
learnar

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले केही भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।

अजयमेरु फाैजी केरा

आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.