कञ्चनपुरमा हत्या अभियोगमा फरार अभियुक्त बोहरा पक्राउ

dream cafe
learnar

कञ्चनपुर : हत्या अभियोगमा फरार रहेका कञ्चनपुर वेदकोट नगरपालिका– १ का ३४ वर्षीय उद्धव बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।

बोहरा मेडिको सेन्टर

उनका अनुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ।

GBL NEW

नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला कार्य समितिका पूर्व सदस्य तथा महाधिवेशन प्रतिनिधि रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको अभियोग छ।

एसपी जोशीले बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका– १ हात्तीथलामा देउसीभैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेको जानकारी दिए।

तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएकोमा चक्र बोहरा पक्राउ परेका थिए।

तर खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.