यी हुन् अमेरिकाबाट डिपोर्ट भएका १० नेपाली [नामसहित]

dream cafe
learnar

काठमाडौं : अमेरिकाबाट डिपोर्ट भई थप १० जना नेपाली स्वदेश फिर्ता भएका छन्।

अवैधरुपमा बसोबास गर्दै आएका उनीहरुलाई अमेरिकाले चार्टर विमानमा काठमाडौँ ल्याएर छोडेको हो।

Bohora madico

नेपाल फर्काइनेहरुमा सुष्मा घर्ति, लक्षिमान कट्टेल, सुकुमार पुन मगर, हिमाल बिक, मोहन गौतम, टोप घर्ति, कमल ओली, दिपक खतिवडा, सिताराम केसी र राम चौधरी छन्।

अमेरिकी चार्टर जहाज GLF5 बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

HARDIK AGRo NEw

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकाले अवैध आप्रवासीहरुलाई धमाधम डिपोर्ट गरिरहेको छ।

आप्रवासीमाथि कडाइ गर्ने ट्रम्प प्रशासनको नीतिले करिब १४ लाख आप्रवासी अमेरिकाबाट निकाला पर्ने अनुमान गरिएको छ।

भारत, मेक्सिकोलगायत विभिन्न देशका नागरिकलाई जहाजमा राखेर भटाभट फर्काइरहेको छ।

ट्रम्पले सत्ता सम्हालेयता तीन दर्जन बढी नेपाली फिर्ता भैसकेका छन्।

अमेरिकामा एक हजारको संख्यामा नेपालीहरु गैरकानुनी तवरले बसिरहेको त्यहाँको अध्यागमनले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.