स्ववियु निर्वाचन : डडेल्धुरा बहुमुखी क्याम्पसमा ५ संगठन र समूह दर्ता

dream cafe
learnar

डडेल्धुरा : आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा ५ वटा संघ संगठन दर्ता भएका छन्।

सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो।

बोहरा मेडिको सेन्टर

सो समयमा क्याम्पसका विभिन्न विद्यार्थी संगठनसहित ५ वटा संगठन र समूह दर्ता भएको निर्वाचन अधिकृत नरेन्द्रराज भट्टले जानकारी दिए।

भट्टका अनुसार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाली काँग्रेस वीपी निकट, नेपाल विद्यार्थी संघ वीपी (नेविसंघ वीपी), नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र स्वतन्त्र समूहले दर्ता गरेका छन्।

निर्वाचन समितिले केन्द्रीय निर्वाचन कार्यतालिकाअनुसार नै सोमबार संघ संगठन दर्ता गरेको र अन्य तालिकाका विषयमा मंगलबार संघ संगठनबिच बैठकमा छलफल गरिने बताएको छ।

त्रिभुवन विश्वविद्यालयले निकालेको केन्द्रीय निर्वाचन तालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूचीउपर दाबी विरोध गर्ने समय रहेको छ।

GBL NEW

त्यसैगरी, फागुन २५ गते नै मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ।

फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दाखिला गर्ने समय फागनु २७ लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ।

सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ।

दुवैतर्फको उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ।

त्यसैगरी, उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ।

सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। मतदान चैत ५ गते बिहान ८ बजेदेखि हुनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.