पत्रकार महासंघ डडेल्धुराले भन्यो : क्यालेण्डरमा प्रकाशित सूचनाको भुक्तानी नगर्नु

dream cafe
learnar

डडेल्धुरा: नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले भित्तेपात्रा (क्यालेण्डर) मा प्रकाशित सूचना, विज्ञापनको रकम सरकारी कार्यालयबाट भुक्तानी नगर्न नगराइदिन अनुरोध गर्ने निर्णय गरेको छ।

सोमबार शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहको अध्यक्षतामा जिल्लास्थित पत्रकार सम्बद्ध संघसंगठनका प्रमुखसहितको बैठकले सो निर्णय गरेको हो।

बोहरा मेडिको सेन्टर

जिल्लामा रहेका पत्रकार सम्बद्ध संघसंगठन, पत्रपत्रिका, रेडियो एफएम, अनलाइन मिडियाका नाममा प्रकाशन गरिने क्यालेण्डर सञ्चारमाध्यमअन्तर्गत नपर्ने भएकाले क्यालेण्डरमा प्रकाशित सूचना, विज्ञापनको रकम सरकारी कार्यालयबाट भुक्तानी नगर्न नगराइदिन अनुरोध गर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत सबै सरकारी कार्यालयमा जानकारी गराउने निर्णय गरिएको शाखाका सचिव भीमबहादुर खत्रीले जानकारी दिए।

GBL NEW

पछिल्लो समय जिल्लामा क्यालेन्डर प्रकाशन गरेर हजारौँका बिलहरू विभिन्न सरकारी कार्यालयमा भुक्तानीका लागि पेश गर्ने क्रम बढ्दो थियो। त्यसैलाई रोख्नका लागि सो निर्णय गरिएको बताइन्छ।

यसका साथै महासंघले पत्रकारहरूले प्रयोग गर्ने सवारी साधनहरुमा प्रेस लेख्ने गरेकाले अब उपरान्त मिडिया हाउस (सञ्चार माध्यमको नाममा ब्लुबुक भएको सञ्चार माध्यमबाहेकका पत्रकारले प्रयोग गर्ने सवारी साधनमा प्रेस नलेख्न अनुरोध गर्ने र सोको जानकारी प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई पठाउने निर्णय गरेको छ।

पत्रकार महासंघको ७०औं स्थापना दिवस भव्यताका साथ मनाउनका लागि आवश्यक छलफल गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा, जिल्लास्थित पत्रकारका सम्बद्ध संघ संगठनका प्रमुख, पत्रकार महासंघ प्रदेश तथा उपलब्ध केन्द्रिय समिति र जिल्लास्थित अग्रज पत्रकारहरुको उपस्थितिमा बृहत छलफल गर्ने निर्णय पनि गरिएको सचिव खत्रीले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.