बोहरा मेडिको सेन्टर

समाजसेवी मल्लले पठाएको ९० हजार डडेल्धुराका बिरामी र घाइतेलाई हस्तान्तरण

dream cafe
learnar

डडेल्धुरा: जपानमा बस्दै आएका समाजसेवी विनयप्रकाश मल्लले पठाएको ९० हजार रुपैयाँ डडेल्धुराका विभिन्न स्थानका घाइते र बिरामीलाई हस्तान्तरण गरिएको छ। शनिबार उक्त रकम नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सम्बन्धित व्यक्तिलाई हस्तातन्त्ररण गरेको हो।

GBL NEW

विभिन्न रोगको उपचार गरिरहेका बिरामी, दुर्घटनाका घाइते र सामाजिक सुरक्षा भत्ताबाट वञ्चित स्थानीयलाई सहयो गर्न मल्ल किंग्स कम्पनी जापानमा कार्यरत कर्मचारीहरू र अन्य शुभचिन्तकमा र्फत् ९० हजार रुपैयाँ संकलन गरेर समाजसेवी मल्लले पठाएका थिए।

CNA

मल्ल किंग्स कम्पनीमा आवद्ध कर्मचारी तथा शुभचिन्तकको तर्फबाट ९० हजार सहयोग पठाइएको जापानमा रहेको कम्पनीका सञ्चालक समाजसेवी मल्लले जानकारी दिए। मोटरसाइकल दुर्घटनाबाट घाइते भएका गन्यापधुरा गाउँपालिका–३ का प्रहरी कर्मचारी हर्केश बिष्टको उपचारका लागि २५ हजार रुपैयाँ सहयोग गरिएको छ।

हाल काठमाण्डौंमा उपचाररत विष्टलाई भेटेर समाजसेवी मल्लका साथीहरुले विष्टलाई रकम हस्तान्त्रण गरेका छन्। गन्यापधुरा–१ की क्यान्सर पीडित धर्मादेवी महताको उपचारका लागि १५ हजार, अमरगढी–१ का दुर्घटनाबाट घाइते नरेन्द्र ऐरको उपचारका लागि १५ हजार, दुर्घटनाबाट घाइते अमरगढी–१ मालमका जगतसिंह बिष्टको उपचारका लागि १५ हजार, अजयमेरु गाउँपालिका–३ निवासी रुखबाट खसेर गम्भीर घाइते भएकी जमुना चन्द मल्लको लागि १० हजार र सामाजिक सुरक्षा भत्ताबाट बञ्चित अमरगढी–३ मरकट्टेकी ९१ वर्षीय अनितादेवी बिष्टका लागि १० हजार रुपैयाँ नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको कार्यालयबाट वितरण गरिएको महासंघ डडेल्धुराका सचिव पुष्कर भण्डारीले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.