बिमा प्राधिकरणका अध्यक्ष सिलवालले पाए सफाइ, नवनियुक्त अध्यक्ष ओझाको पद के हुन्छ?

dream cafe
learnar

काठमाडौँ : बिमा प्राधिकरणका अध्यक्ष रहेका सूर्य सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ गते दायर गरेको मुद्दामा विशेष अदालत काठमाडौँले सफाइ दिएको हो।

Amargadhi Education

न्यायाधीशहरु तेज नारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गलत कागजात पेश गरेर नियुक्ति लिएको भन्ने अख्तियारको दाबी अस्वीकार गरेको हो।

आयोगले सिलवाले पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभका लागि राहदानीमा नागरिकता जस्ता कागजात केरमेट गरेको अख्यिारको दाबी छ।

२०१५ साल साउन १५ गते जन्म मिति कायम गरेर निजामती सेवाबाट अवकास पाएका सिलवाल ६५ वर्षे उमेर हदका कारण बिमा प्राधिकरणबाट १५ साउन २०८० मा अवकाश पाउनुपर्ने भए पनि पदमा बसिरहेको आयोगको दाबी थियो।

२०१५ सालको जन्ममितिका आधारमा उनले १५ साउन २०७३ मा निजामती सेवाबाट अवकाश पाएका थिए।

अजयमेरु फाैजी केरा

२०८० साउनपछि पनि पदमै रहेर पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचार भएको दाबी गर्दै बिगो माग दाबी गरिएको थियो।

सार्ववजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्तिको उमेर हद ६५ वर्ष हुनुपर्ने व्यवस्था अनुसार सिलवालले २०८० साउनमै अवकाश लिनुपर्ने आयोगको दाबी छ।

सिलवालले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिदा जन्ममिति २०१५ साल साउन १५ गते उल्लेख गरेका थिए। जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा जन्ममिति २२ कात्तिक २०१६ साल उल्लेख गरेको आयोगको दाबी छ।

सिलवालको सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही २०१५ साल नै जन्ममिति उल्लेख छ।

आफ्नो जन्म मिति २४ कात्तिक २०१८ रहेको दाबी गर्दै उनी प्राधिकरणमा बसेका हुन्।

विशेष अदालतले सफाइ दिएका सिलवालको चार वर्षे कार्यकाल गत माघ १७ गते नै सकिएको छ। उनी प्राधिकरणमा २०७७ माघ १७ गते नियुक्त भएका थिए।

रिक्त पदमा सरकारले अघिल्लो हप्ता शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.