बैतडीमा गोली चल्यो, एक घाइते

dream cafe
learnar

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिकामा गाेली चलेकाे छ।

आज (शनिबार) राति ८ बजेकाे समयमा गाउँपालिकाकाे वडा नम्बर -८ कालागाउँ चाैसिला भन्ने ठाउँमा गाेली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएका छन्।

बोहरा मेडिको सेन्टर

साेही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टकाे गाेली प्रहारबाट सुरेन्द्र घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।

GBL NEW

लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गाेली प्रहार गरेका हुन्।

घाइते सुरेन्द्रलाई उपचारकाे लागि जिल्ला अस्पताल पठाइएको छ।

गाेली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्।

प्रहरीकाे टाेली अझै घटनास्थल नपुगेकाे र विस्तृत विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.