देउवाकै गृहजिल्लामा कार्यबाहक सीडीओ

dream cafe
learnar

डडेल्धुरा: सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दरबन्दीअनुसारको प्रमुख जिल्ला अधिकारी (सीडीओ)नै छैनन्।

सहसचिवको दरबन्दी रहेको डडेल्धुरामा उपसचिव प्रजिअले कार्यसम्पादन गरिरहेका छन्।

Amargadhi Education

डडेल्धुरामा हाल कार्यरत प्रजिअ चोमेन्द्र न्याैपाने उपसचिव हुन्।

डडेल्धुरासहित ६१ जिल्लामा सहसचिव सीडीओ रहने गरी दरबन्दी व्यवस्था गरिएको छ। तर, डडेल्धुरा लगाएतका १० जिल्लामा उपसचिव सीडीओ जिम्मेवारीमा छन्।

काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्लामा दरबन्दी अनुसारको सीडीओ नपठाएको भन्दै देउवा र सरकारको बेलाबेलामा आलोचना हुँदै आएको छ।

अजयमेरु फाैजी केरा

कार्यवाहक प्रमुख जिल्ला अधिकारीबाट काम चलाइँदै आएकोले प्रशासनिक निर्णय र सरकारी सेवा प्रवाहमा ढिलाइ भइरहेको छ।

दुर्गम जिल्लामा सीडीओ बनेर जान सहसचिव नमान्ने भएका कारण सरकारले उपसचिव पठाउने गरेको बताइन्छ।

राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा पनि उपसचिवलाई सीडीओ बनाएर पठाउने प्रवृत्ति रहेको गृहमन्त्रालय स्रोतको दाबी छ।

सहसचिव दरबन्दीका जिल्लामा सीडीओ उपसचिव खटाउने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तयारी अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले बताए।

सरकारले गत सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशलगायत विभिन्न स्थानमा कार्यरतसहित १७ सहसचिवलाई गृह मन्त्रालय सरुवा गरेको थियो।

गत माघ २६ मा बढुवाको नियुक्ति पाएका प्रशासन सेवाका ४८ सहसचिवमध्येबाट पनि केहीलाई गृह पठाइएको छ।

सीडीओ हुने आकांक्षा बोकेका केही सहसचिवले भने राजनीतिक पहुँच प्रयोग गरेर गृहमा सरुवा मिलाएको स्रोतले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.