२०८२ सालका ८८ दिन सार्वजनिक बिदा

dream cafe
learnar

काठमाडौं : गृह मन्त्रालयले ०८२ सालका सार्वजनिक बिदा प्रकाशन गरेको छ। मन्त्रालयले बिहीबार राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव डा. जयनारायण आचार्यका अनुसार ०८१ सालकै बराबर सार्वजनिक बिदा ०८२ सालमा पनि कायम गरिएको छ ।

Amargadhi Education

राजपत्रको सूचनाअनुसार ०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ ।

अजयमेरु फाैजी केरा

५२ वटा शनिबारबाहेक थप ३६ दिन देशभरि सार्वजनिक बिदा दिने निर्णय भएको छ। विभिन्न पर्वहरूमा मात्र २८ दिन सार्वजनिक बिदा हुनेछ। दसैँमा घटस्थापनासहित सात दिन तथा तिहारमा पाँच दिन बिदा हुनेछ ।

६ वटा दिवसमा राष्ट्रिय बिदा हुनेछ । मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, सहिद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा देशभरि बिदा हुनेछ।

त्यस्तै, बुद्धजयन्ती र पृथ्वीजयन्तीमा पनि देशभर बिदा दिने निर्णय भएको छ।

नेपाल विश्वमै धेरै सार्जजनिक बिदा हुने देशमा पर्दछ। यसले देशको अर्थतन्त्र तथा सेवा प्रवाहमा असर परेको भन्दै कम गर्नुपर्ने आवाज उठ्दै आएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.