परराष्ट्रमन्त्री राणा सवार जहाज कलकत्ता ‘डाइभर्ट’

dream cafe
learnar

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा आएको कतार एयरवेजको जहाज कलकत्ता ‘डाइभर्ट’ भएको छ।

मौसममा आएको फेरबदलीका कारण त्रिभुवन विमानस्थलमा कम भिजिबिलिटी भएपछि राणा आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको हो।

GBL NEW

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले परराष्ट्रमन्त्री राणा चढेको जहाज भारत डाइभर्ट भएको बताए।

अवतरणको प्रयास गरे पनि नसकेपछि केही फन्का मारेर भारत मोडिएको उनको भनाइ छ।

राणा स्विट्जरल्यान्डको जेनेभामा २४-२६ फेब्रुअरीसम्म भएको हुमन राइट्स काउन्सिलको बैठकमा सहभागी भएर नेपाल फर्किँदै थिइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.