‘खगराजलाई दलको नेता बनाऊ, इन्चार्ज हामीलाई देऊ’

dream cafe
learnar

धनगढी : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता बनाउन संसदीय दलका नेता मानबहादुर धामी पक्षले इन्चार्ज मागेका छन्।

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बसेको बैठकमा धामी पक्षका पाँच जना सांसदहरूले सहमतिमा दलको नेता खगराजलाई बनाउने हो भने प्रदेश इन्चार्ज बिना मगर, त्रिलोचन भट्ट र लक्ष्मी जोशीमध्ये एक जनालाई बनाउनुपर्ने सर्त राखेका छन्।

Bohora madico

गत वर्ष १२ माघदेखि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद छ।

गत वर्ष माघमा बहुमत सासंदहरूले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई बनाएका थिए।

पार्टी केन्द्रले मानबहादुरलाई हटाएर खगराजलाई नै दलको नेता चयन गर्न पाँचपटक लिखित र मौखिक निर्देशन दिए पनि कार्यान्वयन भएको छैन्।

हिजोको बैठकमा सुदूरपश्चिम प्रदेशका १० जना सांसद, प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव गिरिराजमणि पोखरेल र केन्द्रीय सदस्य बिना मगरसहितको उपस्थितिमा छलफल भएको थियो।

उक्त बैठकमा स्थायी समिति सदस्य तथा सांसद खगराज भट्ट सबैभन्दा कम बोलेका थिए।

बिना, त्रिलोचन र लक्ष्मी मध्ये एक जनालाई इन्चार्ज बनाउनुपर्ने कुरा आफूहरूले छलफलमा राखेको सांसद ओमविक्रम भाटले बताए।

उनकाअनुसार हिजोको छलफलमा सबैले आफ्ना कुरा राखेका थिए।

HARDIK AGRo NEw

उनले भने, ‘हामीहरू सहमतिमा नै दलको नेता खगराजजीलाई बनाउन तयार छौं। तर प्रदेश इन्चार्ज बिना, त्रिलोचन र लक्ष्मीजीमध्ये एक जना हुनुपर्छ। सहमतिमा हुने हो भने विनविन तरिकाले जानुपर्छ।’

बैठकमा सांसद लक्ष्मी विकले खगराजमा नै समस्या हुँदा अहिलेसम्म समस्या बल्झेको बताइन्। खगराजले प्रदेशमा गुट बनाएर बसेको कारण समस्या भएको उनको भनाइ थियो।

भाटले दलको नेता खगराजलाई बनाउन आफूहरू तयार भएको तर प्रदेश इन्चार्ज आफूले भनेको हुनुपर्छ भनेपछि बैठकमा रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असहमति जनाएका थिए।

श्रेष्ठले कम्युनिस्ट पार्टीमा सर्त राखेर फेरबदल नहुने बताएको सहभागी एक सांसदले बताए।

तर, प्रचण्डले केन्द्रको निर्देशन पालना नभएको भन्दै असन्तुष्टि राखेका थिए। प्रचण्डले दलनेता मानबहादुर धामीले यथाशीघ्र केन्द्रको निर्देशन कार्यान्वयन गर्नुपर्ने धारणा छलफलमा राखेको सांसद अक्कलबहादुर रावलले बताए।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११ जना सासंद छन्। एक जना सभामुख भएकाले १० जना सांसद छलफलका लागि काठमाडौं आएका हुन्।

खगराजलाई बहुमतबाट हटाए पनि अहिले भने दुवै पक्षमा पाँच/पाँच जना सांसद छन्। दलनेता मानबहादुर धामीपक्षमा ओमविक्रम भाट, अक्कल बहादुर रावल, लक्ष्मी विक र गीतादेवी माल छन्।

भट्ट समूहमा रमेशसिंह धामी, शिवसिंह वली, जानकीदेवी कुँवर र झपटबहादुर साउद छन्।

सुदूरपश्चिम प्रदेशमा जनार्दन शर्मा, वर्षमान पुन र नारायणकाजी श्रेष्ठका गरी तीन समूह सक्रिय छन्।

खगराज भट्ट शर्मा समूहका हुन्। मानबहादुर धामी, अक्कलबहादुर रावल, ओमविक्रम भाट पुन समूहका हुन्। शिवसिंह वली श्रेष्ठ समूहमा छन्।

भाट र धामी एक समूह चलाउँछन्। पछिल्लो समय सुदूरपश्चिममा श्रेष्ठ र शर्मा समूह एक ठाउँमा छन्। पुन समूह अर्को पक्षमा छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.