अमरगढी किल्लामा सेनाको कविता वाचन प्रतियोगिता : ज्ञानोदय प्रथम, क्याम्ब्रिजको दोहोरो सफलता

dream cafe
learnar

डडेल्धुरा : महाशिवरात्रि तथा नेपाली सेना दिवस  २०८१ को अवसरमा डडेल्धुरामा अन्तर माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।

आज (बिहीबार) अर्जुनबाण गण, दह ब्यारेक डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका-५ स्थित अमरगढी किल्लामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो।

Amargadhi Education

अजयमेरु फाैजी केरा

सात वटा विद्यालय सहभागी रहेको  कविता प्रतियोगितामा ज्ञानोदय विद्या निकेतन तुफानडाँडाकी छात्रा आरुसी पन्त प्रथम भएकी छन्।

यस्तै, क्याम्ब्रिज पब्लिक स्कुलकी छात्रा कमला महर द्वितीय र क्याम्ब्रिजकै समीर सुनार तृतीय भएका छन्।

अर्जुनबाण गण, दह ब्यारेक डडेल्धुराका प्रमुख सेनानी (गणपति) उज्ज्वल थापाले राष्ट्र, राष्ट्रियता र देश भक्तिको भाव बढाउनका निमित्त कविता प्रतियोगिता गरिएको जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.