बझाङका शिक्षक बोहराको शव भीरमा अड्किएको फेला

dream cafe
learnar

बझाङ : बझाङ जिल्लाको बित्थडचिर क्षेत्रमा भीरमा एक शिक्षकको शव फेला परेको छ।

बित्थडचिर गाउँपालिका–९ स्याडी प्रहरी चौकी र बित्थडचिर क्षेत्रको बीचमा पर्ने भीरमा शव अड्किएको अवस्थामा आज बिहान फेला परेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतक शिक्षक बित्थडचिर गाउँपालिका–३ तल्ला गाउँका हर्कबहादुर बोहरा हुन्।

उनी महादेव माध्यमिक विद्यालयमा कार्यरत थिए। शव जयपृथ्वी राजमार्गदेखि तल खोलातर्फको भीरमा अड्किएको अवस्थामा भेटिएको हो।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको जनाइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.