सुदूरपश्चिमको स्थायी राजधानीबारे प्रदेशसभामा प्रस्ताव लैजाने मुख्यमन्त्री शाहको तयारी

dream cafe
learnar

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब बस्ने प्रदेशसभा बैठकमा स्थायी राजधानीबारे प्रस्तावसहित जाने बताएका छन् ।

नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले राजधानी घोषणाको छ वर्षभन्दा बढी भइसक्दा पनि जग्गा नपाएको बताउँदै अबको बैठकमा प्रस्तावसहित जाने बताएका हुन् ।

Amargadhi Education

‘अहिलेसम्म स्थायी राजधानी स्थापना नहुनुको कारण र विकल्पका विषयमा छलफल गर्नका लागि अब हुने संसदको बैठकमा प्रस्तावसहित जाँदै छु,’ मुख्यमन्त्री शाहले भने, ‘त्यसपछि प्रदेशसभामा उक्त विषयमा छलफल हुन्छ ।त्यसका वैकल्पिक पाटाहरूका विषयमा छलफल गर्दा जहाँजहाँ सम्भावना छन्, सबै ठाउँका विषयमा छलफल हुन्छ।’

प्रदेशको स्थायी राजधानीबारे संघीय सरकार र प्रधानमन्त्रीलाई पटकपटक जानकारी गराइएको बताउँदै मुख्यमन्त्री शाहले संरचना निर्माणका लागि संघले अहिलेसम्म अनुमति नदिएको बताए ।

अजयमेरु फाैजी केरा

‘सुदूरपश्चिम सरकारले त राजधानीसमेत बनाउन सकेन भन्ने परेको छ,’ उनले भने, ‘हामी कहिलेसम्म यस्तो अन्योलमा बस्ने ?’

दुईतिहाइको निर्णयबाट प्रदेश राजधानी कैलालीको गोदावरी घोषणा भएको छ वर्षभन्दा बढी भइसकेको छ ।

१२ असोज २०७५ मा पहिलो प्रदेशसभाको दुईतिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका २ र ४ नम्बरको वन क्षेत्रलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पारित भएको थियो ।

उक्त प्रस्तावको पक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीका ३८ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका दुई सांसदले मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन् ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.