७० वर्षीय हजुरबुवाले दिए प्रकृतिको शवमा दागबत्ती

dream cafe
learnar

काठमाडौं : भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा निधन भएकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ।

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो।

GBL NEW

शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए। उनलाई ७० वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिए।

नातिनी अध्ययन सकेर ग्र्याजुएटको टोपीमा आउने आशामा रहेका हजुरबुबा देवनाथका हात दागबत्ती दिँदा काँपीरहेका थिए। आफन्तहरूको रुवावासी चलेको थियो।

उनको पार्थिक शरीर बुधबार ओडिसाबाट नेपाल ल्याइएको हो। विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो।

उनको शव केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.