धनगढीमा सीप तथा रोजगार मेला, एक हजार बढीलाई तालिम दिइने

dream cafe
learnar

धनगढी : सीपयुक्त युवा उत्पादन गर्ने र युवा स्वरोजगार बढाउने उद्देश्यले फागुन ८ गतेबाट धनगढीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवा सहभागी हुनेछन्।

Bohora madico

धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा मेला आयोजना हुन लागेको हो।

४० दिने तालिम प्याकेज सहित धनगढीको खुलामञ्चमा आयोजना सञ्चालन हुनेछ। एक महिनासम्म चल्ने तालिमको बिहीबार सङ्घीय उद्योग वाणिज्य  तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

धनगढीमा बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ।

HARDIK AGRo NEw

युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले जानकारी दिइन्।

तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएकामा ३९ पालिकाका एक हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने आयोजक संस्थाका अध्यक्ष प्रमोद पाठकले जानकारी दिए।

स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको नगरप्रमुख गोपाल हमालले बताए।

उनले युवाहरूलाई विभिन्न सिप सिकाएर आकर्षक र राम्रो रोजगारीको अवसर पाउन भनेर विभिन्न २९ विषयमा तालिम दिन लागेको बताए।

मेलामा प्रतिस्पर्धाबाट छानिएका प्रशिक्षकहरूबाट २९ विषयमा तालिम दिइने छ।

३० दिन विभिन्न विधामा सिपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ। मेलामा करिब अढाई करोड खर्च हुने अनुमान गरिएको छ।

यस्तै, दुई दिन रोजगारदाता र तालिम प्राप्त युवाहरूबीच अन्तरक्रिया गर्नका लागि रोजगार मेला आयोजना गरिने छ। मेलाले सुदूरपश्चिमको समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.