किसान बहुउद्देश्यीयद्वारा बिमा र सहुलियत रकम हस्तान्तरण

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरा स्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आलिताल शाखाले आफ्ना ऋणीलाई सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत बिमा रकम हस्तान्तरण गरेको छ।

आज एक कार्यक्रमका बीच आलिताल गाउँपालिका-३ बण्डालेका कृष्णसिंह धामीलाई बिमा वाफतको ६ लाख २५ हजार रुपैयाँ भुक्तानी गरिएको हो।

बोहरा मेडिको सेन्टर

किसान बहुउद्देश्यीय सहकारीका सदस्य गौरादेवी धामीको यही मंसिर २८ गते दुर्घटनामा परी निधन भएपछि ऋण लिँदा सहकारी संस्थाले गरिदिएको बिमा बाफतको रकम तथा अन्य सुविधाको रकम उनका पति कृष्णलाई हस्तान्तरण गरेको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.