बिल पास नगरेको रिसमा वडाध्यक्षले सचिव भकुरेपछि…

dream cafe
learnar

काठमाडौं : वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दिपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

सोही वडाका वडासचिव नवीन भूसाल कुटपिटबाट सोमबार घाइते भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

Bohora madico
HARDIK AGRo NEw

भलिबल प्रतियोगितामा इस्टिमेटभन्दा बढीको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले आक्रमण गरेका थिए।

अध्यक्ष गुरूङको प्रहारबाट घाइते वडासचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ ।

कुटपीटबाट घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको प्रनाउ थापाले जानकारी दिए ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.