नवदुर्गामा सोफा वडाध्यक्ष र  कार्पेट कासको घरमा फेला

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ मा वडाको कार्यालय सामग्री वडाध्यक्ष र कार्यालय सहयोगीले घरमा लगेको पाइएको छ।

गत माघ २७ गते उद्घाटन गरिएको नयाँ वडा कार्यालय भवनमा पुरानो भवनबाट सामग्री सार्ने क्रममा केही सामग्री वडाध्यक्ष र कर्मचारीले लगेको स्थानीयको आरोप थियोे।

Amargadhi Education

वडाको सम्पत्ति व्यक्तिगत प्रयोगमा लगिएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गर्दै गएराति वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए।

अजयमेरु फाैजी केरा

तर, सामग्री फिर्ता ल्याइएपछि स्थानीयले लगाएको ताला आज  खुलाएका छन्।

वडाका सोफा दुई थान, कुर्सी दुई र टेबुल एक थान वडाध्यक्ष पदमबहादुर बिष्ट र  कार्पेटको टुक्रा कार्यालय सहयोगी हर्कबहादुर क्षेत्रीको घरमा फेला परेकाे स्थानीय रतनबहादुर बिष्टले बताए।

रतनकाअनुसार वडामा आज बैठक बसेकाे थियो। तर, उक्त बैठकमा वडाध्यक्ष भने सहभागी भएनन्।

यता, वडाअध्यक्ष बिष्ट काँग्रेसबाट निर्वाचित वडा सदस्यले सामान्य कुरामा राजनीतिक रंग दिएको बताउँछन्।

वडामा ताला लगाएपछि ताला खुलाउन ती टुटे फुटेका सामग्री फिर्ता ल्याइएको उनले बताए।

‘वडाका सामग्री सार्नेले टुटेका कुर्सी र कार्पेट लगेका थिए। त्यहीँ फिर्ता ल्याए। मेरो घरबाट होइन,’ उनले भने।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.