सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण

dream cafe
learnar

धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ।

सोमबार बिहान ४ बजेतिर आईसीयूमा बिमारीलाई चेकजाँच गरेर फर्किने क्रममा डाक्टर वेदप्रकाश पन्तमाथि आक्रमण भएको प्रहरीले जनाएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार धनगढी–उपमहानगरपालिका–१३ का ४६ वर्षीय रमतरन राना प्रेसरको बिमारी थिए।

उनको आईसीयूमा उपचार भइरहेको थियो। रानालाई चेकजाँच गरेर फर्किने क्रममा उनका छोरा २४ वर्षीय कृष्ण रानाले डाक्टर पन्तमाथि हातपात गरेका हुन्।

डाक्टर पन्तमाथि हातपात गर्ने कृष्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कृष्णको मानसिक अवस्था कमजोर भएका कारण हातपात गरिएको भन्ने बुझिएको डिएसपी बोहराले बताए।

घटनाबारे अनुसन्धान भइरहेको छ। डाक्टर पन्तको मुखमा सामान्य चोट लागेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.