नेपाल प्रहरीका एक दर्जन डीएसपीको काज सरुवा

dream cafe
learnar

काठमाडौं : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एक दर्जन डीएसपीको काज सरुवा गरेको छ। रिक्त रहेका कार्यालयहरूमा काज सरुवा भएको हो।

दोलखामा डिएसपी ज्ञानकुमार महतो, रसुवामा हेमबहादुर शाही, महराजगन्ज वृत्तमा निरञ्जन थापा, जनसेवा वृत्तमा कृष्ण चन्द, इलाका प्रहरी कार्यालय, बुटवलमा इन्द्र राना तथा इलाका प्रहरी कार्यालय गजुरीमा विकास थापालाई खटाइएको छ।

GBL NEW

त्यस्तै, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामाको सरुवा भएको छ।

काँकडभिट्टाका मिम लामाको मानव स्रोत विकास विभाग, रसुवाका केशव भट्टराईको प्रधानमन्त्री कार्यालय तथा बुटवलमा विजयराज पण्डितको प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्का तथा चितवनमा रवीन्द्र खनाललाई पठाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.