सुदूरपश्चिम योजना आयोगको सदस्यमा सुनार र कुँवर थपिए

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त भएका छन्।

उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई सदस्य नियुक्त गरेको हो।

Amargadhi Education

नयाँ नियुक्त भएका सदस्यमा नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र एमाले सुदूरपश्चिमको सचिवालय सदस्य कर्ण कुँवर रहेका छन्।

सुनार कैलालीको धनगढीका हुन् भने कुँवर बैतडीको पुर्चौडीका हुन्।

अजयमेरु फाैजी केरा

यसअघि मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको थियो। कैलालीको धनगढीकी राना नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।

यस्तै, आयोगको सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारी पनि यसअघि नै नियुक्त भएका थिए।

भण्डारी कांग्रेस डडेल्धुराका सचिव हुन्। चन्द एमाले कञ्चनपुरका नेता हुन्।

त्यसपछि उनीहरूलाई आयाेगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहकाे उपस्थितिमा पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन्।

दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.