छैटौं पटक बन्धक रिहा गर्दै हमास, परेनन् विपिन जोशी

dream cafe
learnar

काठमाडौ : हमासले शनिबार रिहा गर्ने तीन जना बन्धकको नाम शुक्रबार सार्वजनिक गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकमा इजरायली–रुसी साशा ट्रुपानोभ, इजरायली-अमेरिकी सागुई डेकेल-चेन र इजरायली-अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ।

बोहरा मेडिको सेन्टर

इजरायलसँग जनवरी १९ देखि युद्धविराम भएयता हमासले शनिबार छैटौँपटक बन्धक रिहा गर्न लागेको हो।

तर, यसपटक पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम परेन। यसअघि हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ भने बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.