पत्रकार सिंहमाथि आक्रमण, संलग्नलाई कारबाहीको माग

dream cafe
learnar

काठमाडौं:  नेपाल पत्रकार महासंघले बझाङ शाखाको दोस्रो कार्यकालका लागि अध्यक्ष रहेका पत्रकार ललितबहादुर सिंहमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेको छ।

HARDIK AGRo NEw

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पत्रकार सिंहमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका हुन्।

Bohora madico

‘जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ,’ महासंघले भनेको छ, ‘पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’

घाइते पत्रकार सिंहले सोमबार राति १० बजेको समयमा जिल्ला सदरमुकाम चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठामा फर्कने क्रममा आफूलाई मस्टा गाउँपालिका–४ का विनोद कठायतलगायतको समूहले आक्रमण गरेको बताएका छन्। आक्रमणका क्रममा प्रहार गरिएको चक्कु लागेर पत्रकार सिंहको निधारमा तीन टाँका लगाइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.