जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको निधन

dream cafe
learnar

कञ्चनपुर: जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ निवासी ४२ वर्षीय जोशीको काठमाडौँस्थित किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

बोहरा मेडिको सेन्टर

कार्यालयको काम विशेषले काठमाडौँमा रहेका बेला शुक्रबार राति हृदयाघातका कारण अचेत भएका जोशीको गए राति निधन भएको बताइएको छ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराका अनुसार जोशी पछिल्लो पाँच वर्षदेखि निर्वाचन कार्यालय कञ्चनपुरमा कार्यरत थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.