महाकुम्भ जाने क्रममा कर्मचारीको निधन, दार्चुलाको मालिकार्जुनमा बिदा

dream cafe
learnar

दार्चुला: भारतको उत्तर प्रदेशस्थित महाकुम्भ पुगेका एक जना कर्मचारीको गाडीको ठक्करबाट निधन भएको छ। दार्चुलाको मालिकार्जुन गाँउपालिकाका कर्मचारी जगदीश अवस्थीको निधनपछि आज पालिकाभर बिदा दिइएको छ।

मालिकार्जुन गाउँपालिका–५, डाडाकोट निवासी अवस्थी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख थिए।

बोहरा मेडिको सेन्टर

भारतको प्रयागराजमा जारी कुम्भमेलामा सहभागी हुन जाने क्रममा उनलाई लखनऊमा गाडीले ठक्कर दिएको बताइन्छ। गम्भीर घाइते अवस्थीलाई अस्पतालमा डाक्टरले मृत घोषणा गरिदिएका हुन्।

गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख अवस्थीको मृत्यु भएको जनाउँदै आज पालिकामा शोक बिदा दिइएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.