प्रहरीमाथि कुटपिट गर्ने डडेल्धुराका रमेशसहित दुईजना पक्राउ, होस्टलमा थिए लुकेका

dream cafe
learnar

काठमाडौं : डिउटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्।

ताप्लेजुङको फुङ्लिङ्ग नगरपालिका वडा नम्बर १ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारा छन्।

Ird
HARDIK AGRo NEw

उनीहरुले गत २४ गते राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए।

पक्राउ परेका दुवै जना अमृत साइन्स क्याम्पसका बिद्यार्थी हुन। सिग्देल अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्यक्ष हुन्।

क्युआरटी मोटरसाइकलमा रहेका प्रहरीहरु रघु घर्ती र नगेन्द्र बिष्टलाई उनीहरुले कुटपिट गरेका थिए।

कुटपिटपछि उनीहरु क्याम्पसको होस्टलमा गएर लुकेका थिए। उनीहरुलाई आइतबार एयरपोर्ट क्षेत्रबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.