नवदुर्गा-४ को आफ्नै भवन, अध्यक्ष अवस्थीद्वारा उद्घाटन

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले आज सो भवनको उद्घाटन गरेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

अध्यक्ष अवस्थीका अनुसार करिब ९८ लाख रुपैयाँमा भवन बनेको हो। उनले आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि वडावासीले राम्रो सेवासुविधा पाउने बताए।

वडा कार्यालयलाई पूर्वाधार र प्रविधिमैत्री बनाउँदै स्थानीयलाई सहजरुपमा सेवा प्रदान गर्न सहयोग पुग्ने उनको भनाइ छ।

बैठक कक्षसहित चार कोठे भवन एक वर्षमै निमार्ण गरेर उद्घाटनसँगै कामकाज समेत सुरु गरिएको वडाध्यक्ष पदमबहादुर बिष्टले बताए।

करिब सात वर्षदेखि भाडाको घरमा वडा कार्यालय राखेर सेवा दिँदै आएको थियो। योसँगै नवदुर्गा गाउँपालिकाले पालिकाका ५ वटै वडामा आफ्नै भवन बनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.