भीम रावल भन्छन् : चाैरासीकाे चुनावअघि सशक्त दल घाेषणा हुन्छ

dream cafe
learnar

धनगढी : मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले २०८४ को चुनावअघि सशक्त दल गठन गर्ने घोषणा गरेका छन्।

एमालेबाट कारबाहीमा परेका रावलले हाल मातृभूमि जागरण अभियानमार्फत कसरी अघि बढ्ने भन्ने विषयमा देशव्यापी छलफल गरिरहेको बताए।

Amargadhi Education

तर आफूले गठन गर्ने दलको नाम मातृभूमि भने नरहने उनले बताए।

अजयमेरु फाैजी केरा

शनिबार मातृभूमि जागरण अभियानको धनगढीमा सम्पन्न कैलाली–कञ्चनपुरको जागरण भेलालाई सम्बोधन गर्दै रावलले गलत प्रवृतिका विरुद्ध आवाज उठाउँदा एमालेले कारबाही गरेको बताए।

एमालेमा ओली प्रवृति हावी भएको र गलत भयो भन्दा पार्टीबाटै निष्कासन गर्ने प्रवृतिका कारण एमाले छोड्नेको लर्को लागेको पनि उनको दाबी छ।

एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनका नाममा सरकार चलाउने र जनतालाई झुक्याउने खेल मात्रै खेलेको रावलको आरोप छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच तत्कालीन अवस्थामा मिलिजुली सरकार चलाउने गोप्य सहमति मात्रै भएको र जनतालाई एकता गर्ने भनेर झुक्याएको उनको आरोप छ।

सरकार चलाउनका लागि मात्रै गरिएको सहमति नमिलेका कारण दुई तिहाई मत पाएर पनि तत्कालीन नेकपा धेरै समय टिक्न नसकेकाे रावलले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.