क्याप्टेन वेद उप्रेतीको नयाँ उपन्यास ‘पायलट प्रेम’ विमोचन

dream cafe
learnar

डडेल्धुरा : क्याप्टेन वेद उप्रेतीको नयाँ उपन्यास ‘पायलट प्रेम’ को शनिबार धनगढीमा विमोचन गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखकका आमा सरस्वती उप्रेती लगायतकाले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन्।

बोहरा मेडिको सेन्टर

क्याप्टेन उप्रेतीले आफ्नो १३ औं कृतिको रूपमा पायलट प्रेम उपन्यास लेखेका हुन्। यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरू समेटिएको उनले बताए।

उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको उनले जानकारी दिए। यसैगरी, १० प्रतिशत काल्पनिक कुराहरू राखिएका छन्।

उनले भने,“यो उपन्यास पाइलट अध्ययन गर्ने विद्यार्थीलाई मार्गदर्शनसमेत हुने छ।”

GBL NEW

उप्रेतीले उपन्यासभित्र समेटिएका कथा आफ्नोभन्दा पनि अरूको रहेको बताए।

पुस्तकमाथि समीक्षा गर्दै कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले उपन्यासको बाहिर पायलट प्रेम भनिए पनि भित्र जीवनवादी र आशावादी उपन्यास रहेको बताए।

उनले उपन्यासभित्र विभिन्न किसिमको प्रेमका व्याख्या गरिएको उल्लेख गर्दै प्रेममा ब्रेकअप भएमा निराश हुन नहुने सन्देश उपन्यासले दिएको उल्लेख गरे।

लेखकले दार्शनिकतामा बग्दै आशावादीका मोटिभेसनल कुरा, प्रकृति प्रेम र वियोगका कुराहरू समेटेको भट्टले बताए।

अर्का टिप्पणीकर्ता कलमराज जोशीले लेखक क्याप्टेन उप्रेतीले जहाजको उडानमात्रै नभएर शब्दको उडान पनि उपन्यासमा भरेको उल्लेख गरे।

उनले जीवनलाई बहुआयामिक तरिकाले अगाडि बढाउन उपन्यासले सन्देश दिएको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.