गृहमन्त्री लेखकविरुद्ध जाहेरी दर्ता भएन

dream cafe
learnar

काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।

‘दलितका लागि दलित अभियान’ का संयोजक खगेन्द्र सुनारले लगेको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको हो। गृहमन्त्रीविरुद्ध जाहेरी लिन नमिल्ने बताउँदै परिसरले फिर्ता पठाइदिएको संयोजक सुनारले बताए।

Amargadhi Education

‘आज हामी जाहेरी लिएर परिसर गएका थियौं । तर, परिसरले गृहमन्त्रीविरुद्ध जाहेरी लिन नमिल्ने भन्दै दर्ता गर्न मानेन। अब हामी राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेशन जान्छौं। हुलाकमार्फत जाहेरी पठाउँछौं’, उनले भने।

अजयमेरु फाैजी केरा

भोलि सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय गएर गृहमन्त्री लेखकमाथि कारबाहीको माग गर्ने संयोजक सुनारले जानकारी दिए।

अन्तरजातीय प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामलाई छुट्याउन गृहमन्त्री लेखक नै लागिपरेको भनि समाचार प्रकाशित भएको थियो।

उनकै निर्देशनमा दलित युवामाथि अत्याचार भएको बाहिरिएपछि चर्को विरोध भइरहेको छ।

उनलाई कारबाहीको माग गर्दै अभियानले निरन्तर प्रदर्शन गरिरहेको छ। अभियानले नागरिकता फिर्ता गर्ने अभियान चलाउने घोषणा पनि गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.