प्रधानमन्त्रीलाई देउवाको गृहजिल्लामा पुल निर्माण गर्न वर्षमानको आग्रह

dream cafe
learnar

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरास्थित रंगुन नदीमाथि पुल बनाइदिन माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै पुनले आफू अर्थमन्त्री भएकाे चालू आर्थिक वर्षको बजेटमा रंगुन नदीमा पुल निर्माणका लागि रकम छुट्याए पनि वर्तमान सरकारले ठेक्का प्रक्रिया रोकेर राखेका कारण पुन बन्न नसकेको बताए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

देउवाको गृहजिल्लामा मात्र नभई देशैभर विकासको यही अवस्था रहेको उनको भनाइ थियो।

‘म हिजो संसद्को प्रमुख दलका सभापति माननीय शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर आएँ। आजै मात्र फर्किएको छु,’ पुनले भने, ‘त्यहाँ ठुलो रंगुन नदी रहेछ। त्यसमा यस वर्ष पुल बनाउनका लागि बजेट विनियोजन भएको रहेछ। तर, सरकारले ठेक्का लगाइराखेको छैन। यो रोल्पामा पनि त्यस्तै छ, अरू जिल्लामा पनि त्यस्तै छ।’

आफूले बजेट बनाउँदा प्रतिनिधिसभाका २ सय ७५ जना र राष्ट्रिय सभाका ५९ जना सांसदको सिफारिसका योजनामा देशैभर सडक, पुल र खानेपानीका योजनामा बजेट छुट्याएको भए पनि अहिलेको सरकारले टुक्रे आयोजनाको नाममा ठेक्का नलगाएको भन्दै पुनले असन्तुष्टि जनाए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.