डडेल्धुराको कटालमा भलिबल प्रतियोगिता शुरु, सांसद भट्टले गरे उद्घाटन

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यामिक विद्यालयमा खुला भलिबल प्रतियोगिता शुरु भएको छ।

विद्यालयको ४८औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरे।

प्रतियोगिताको समुदघाटन गर्दै प्रदेशसभा सदस्य भट्टले भित्रीमधेस क्षेत्रको समग्र विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले योजनावद्ध रूपमा काम थालनी गर्ने बताए। खेलकुद क्षेत्रको विकासबाटै मुलुकको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले भित्रीमधेस क्षेत्रकै अग्रणी शैक्षिक प्रतिष्ठानका रूपमा रहेको भागेश्वर माध्यामिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथी सुदूरपश्चिम प्रदेशसभा सदस्य गीता मालले सुदूरपश्चिम प्रदेश हरेक क्षेत्रमा पिछिडिएको अवस्थामा विकासका पूर्वाधारहरू निर्माण गरेर यहाँका बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउन राज्यका तीनवटै तहले प्रथामिकताका साथ काम गर्न जरुरी रहेको बताइन्।

अजयमेरु फाैजी केरा

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ को अध्यक्षतामासम्पन्न उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री पठानसिंह बोहराले अत्यान्तै संवेदनशील भू–बनोट रहेको भित्रीमधेस क्षेत्रमा पर्यावरणमैत्री विकास निर्माण जरुरी रहेको औंल्याए।

महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता भएको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले बताए। उनका अनुसार पुरुषतर्फ १३ टिमले प्रतियोगितामा प्रतिस्प्रर्धा गर्नेछन् भने महिला तर्फ ९ टिमको सहभागिता छ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ, द्धितीय हुने टिमलाई ५० हजार एक सय ११ रुपैयाँ, तृतीय हुने टिमलाई २५ हजार एक सय ११ पुरस्कार प्रदान गरिने छ भने महिलातर्फ प्रथम हुने टिमलाई ५० हजार एक सय ११, द्धितीय हुने टिमलाई २५ हजार एक सय ११ रुपैयाँ, तृतीय हुने टिमलाई १३ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता फागुन २९ गतेसम्म संचालन हुनेछ।

वार्षिकोत्सवका अवसरमा सामुदायिक वनहरूबीच खुल डेउडा प्रतियोगिता समेत आयोजना गरिएको विद्यालयले जनाएको छ। वार्षिकोत्सवका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत रहेको थियो।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.