डोटीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

dream cafe
learnar

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

HARDIK AGRo NEw

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चेकजाँचको क्रममा दिपायल सिलगढी नगरपालिका-२ निवासी ३० वर्षीय कमल अग्रवाल, आदर्श गाउँपालिका-५ का २२ वर्षीय दिनेश रोकाया र आदर्श गाउँपालिका-४ देहिमाण्डौ घर भई पिपल्लामा डेरा गरी बस्ने १९ वर्षीय अर्जुन बोहरा पक्राउ परेका हुन्।

Bohora madico

प्रहरीले उनीहरूलाई शून्य दशमलव ४२० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको छ।

हाल उनीहरूको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.