‘अमला काण्ड’लाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको डन्डा

dream cafe
learnar

काठमाडौं : प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलले एक विज्ञप्ती जारी गरेर उक्त प्रकरणमा पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको भनेको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको भन्दै काउन्सिलले पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलहरूमाथि कारबाही अघि बढाइएको जनाएको छ।

मिडियाको आवरणमा चलेका तर दर्ता नभएका युट्युब च्यानललाई साइबर ब्युरोमार्फत कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको काउन्सिलका सहायक प्रवक्ता रामशरण बोहोराले जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.