डडेल्धुराका द्वन्द्वपीडित तीन विद्यार्थीलाई छात्रवृत्ति दिइने

dream cafe
learnar

डडेल्धुराः जिल्लाका द्वन्द्वपीडित तीन विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ।

द्वन्द्वमा मृत्यु भएका, अपाङ्गता वा बेपत्ता पारिएका परिवारका सन्तानलाई शिक्षा विकास तथा समन्वय ईकाई डडेल्धुराले छात्रवृत्ति उपलब्ध गराउन लागेको हो।

GBL NEW

छात्रवृत्तिका लागि गठित सिफारिस समितिको बैठकले जिल्लाका तीन द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो।

समिति संयोजक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आधारभूतदेखि मावि तहसम्मका द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको शिक्षा विकास तथा समन्वय ईकाई डडेल्धुराका प्रमुख खडकबहादुर महताले बताए।

कार्यालयले द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्तिका लागि निवेदन आह्वान गरेको थियो। कार्यालयमा परेको जम्मा ३ निवेदन परेका थिए।

आवश्यक कागजपत्रका आधारमा तीतै जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने महताले बताए।

सरकारले द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनका लागि कार्यालयलाई ५४ हजार दिएको छ।

छात्रावृत पाउनेमा जिल्लाका परशुराम नगरपालिका एकै परिवारका रहेका छन्। जसमा सिद्धनाथ मावि परशुराम नगरपालिका–१२ पन्तुरामा कक्षा १२ मा अध्यानरत सुनिषा ठगुन्नाले १८ हजार पाउने छन्।

बालमैती विद्यानिकेतन परशुराम–९ गाईबाधेमा कक्षा १ मा अध्यनरत अनुप ठगुन्ना र कक्षा ३ का जेनिसा ठगुन्नालाई समान १२/१२ हजारका दरले छत्रावृति पाउने शिक्षा प्राविधिक सहायक गोपालदत पाण्डेयले जानकारी दिए।

उनका अनुसार छात्रावृति सम्बन्धित विद्यार्थीकै खातामा हालिनेछ। यो छात्रावृति १८ वर्ष मुनिका बालबालिकाहरूले मात्रै पाउने व्यवस्था रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.