महाकुम्भबाट फर्किँदै गरेको गाडी दुर्घटना, ५ जना नेपालीको मृत्यु

dream cafe
learnar

काठमाडौं : भारतको प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेको गाडी दुर्घटना हुँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ।

महाकुम्भबाट भीआर ३२ पीए ४६६१ नम्बरको स्कार्पियोमा महोत्तरीको मनराकट्टी घर फर्किने क्रममा भारत विहारको मुजफ्फरपुर नजिकै मधुवनी फोर लेन सडकमा दुर्घटना भएको हो।

Bohora madico
HARDIK AGRo NEw

उक्त घटनामा महोत्तरीको मनराकट्टीका ट्राफिक प्रहरी जवान मनोहर झाका परिवारका ४ जनाको मृत्यु भएको छ। चालक पनि मृत्यु भएको छ।

घटनामा जवान झासहित ५ जना घाइते भएका छन्। प्रहरी जवान झा ट्राफिक प्रहरी कार्यालय सिरहामा कार्यरत रहेका छन्।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र गाडी चालक  सिरहा निवासी शम्भु ठाकुर छन्।

दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर, नेपाल प्रहरीका जवान मनोज यादव र एक जना नाम नखुलेका व्यक्ति गीम्भर घाइते भएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.