कञ्चनपुरको भीमदत्तका कांग्रेस सभापति मृत फेला

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन्।

शनिबार बिहान सडक पेटीमा कलौनीको शव घोप्टो परेको अवस्था फेला परेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए।

जोशीका अनुसार हिँड्दाहिँड्दै लडेको जस्तो अवस्था देखिन्छ, भने शरीरमा कुनै चोटपटक देखिँदैन। उनको घर पनि सोही क्षेत्रमा पर्दछ।

उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.