डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख राहत

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएका एकजनाको परिवारलाई नगद राहत वितरण गरिएको छ।

जिल्लाको परशुराम नगरपालिका–१० मा चट्याङ लागेर मृत्यु भएका अमरबहादुर बिष्टकी श्रीमतीलाई नगद २ लाख राहत प्रदान गरिएको हो।

Ird
HARDIK AGRo NEw

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले मृतक अमरबहादुर विष्टकी श्रीमती पार्वती देवी बिष्टलाई चेक हस्तान्तरण गरेका हुन्।

जिल्ला विपद् व्यवस्थापन समितिले विपदमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख राहत रकम वितरण गर्ने गरेको छ।

गएको भदौ १६ गते चट्याङ लागेर बिष्टको मृत्यु भएको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.