कस्तो रहला आजको माैसम ?

dream cafe
learnar

डडेल्धुरा : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

GBL NEW

आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशका धेरै स्थानमा बदलीको सम्भाना छ।

यस्तै, आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

विशेष गरी बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात सेवामा प्रभाव पर्नसक्ने भएका आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.