सुदूरपश्चिम सरकारले गर्‍यो बाकावीर र लोकराजलाई सहिद घोषणा गर्न सिफारिस

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

Bohora madico

मुख्यमन्त्री कमल बहादुर शाहले बाकावीर र लोकराज ढकालको योगदानको कदर गर्दै मन्त्रिपरिषदबाट सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।

HARDIK AGRo NEw

बाकावीरलाई जिल्ला समन्वय समिति अछामको सिफारिस र ढकाललाई लम्की चुहा नगरपालिकाको सिफारिसको आधारमा पनि उनीहरूको योगदानको कदर गर्दै मन्त्रिपरिषदबाट पनि सिफारिस गरी गृह मन्त्रालयमा पठाउने निर्णय गरेको उनले बताए।

बाँकावीरलाई राणाहरूले अछामी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँमा सहादत प्राप्त गरेको बताइन्छ।

सामान्य जीवनमा पनि कसैले बहादुरका साथ काम सम्पन्न गरे उसलाई यो बाकाबीर हो भन्ने गरिन्छ। वि.सं. १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन्।

त्यस्तै, कैलालीको कौवापुरका लोकराज ढकाललाई सशस्त्र द्वन्द्वताका सुदूरपश्चिममा विद्रोही पक्षबाट मारिने पहिलो व्यक्तिको रूपमा लिइन्छ।

उनलाई २०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा बिद्रोही माओवादी पक्षबाट हत्या गरिएको थियो। उनी तरण दल कैलालीका सदस्य पनि थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.