ललित राजवंशी धनगढीबाट अर्जुन ट्रफी खेल्ने

dream cafe
learnar

डडेल्धुरा : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीले डीसीए धनगढीबाट खेल्ने भएका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा  माघ १९ देखि २८ सम्म प्रतियोगिता आयोजना हुन गइरहेको हो।

GBL NEW

माघ १९ देखि सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोस्टन क्रिकेट झापा रहेका छन्।

समूह ‘बी’ मा सीवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं र न्यू होराइजन बुटबल रहेका छन्।

प्रतियोगिताअन्तर्गत माघ १९ गते डीसीए धनगढी र फ्रेन्ड्स युवा क्लब डडेल्धुराबीच उद्घाटन खेल हुने गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

धनगढीले माघ २० गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ भने माघ २२ गते बोष्टन क्रिकेट झापासँग खेल्नेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.