डडेल्धुरामा झन्डै ७ हजार किशोरीलाई  ‘एचपीभी’ खोप, कुन पालिकामा कहिले ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका झन्डै ७ हजार किशोरीलाई  पाठेघरको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाइने भएको छ।

सोमबार जिल्ला सदरमुकामा खोप समन्वय समिति तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराले उक्त जानकारी दिएको हो।

Bohora madico

यही माघ २२ देखि ३० गतेसम्म देशभर खोप अभियान सञ्चालन भइरहेको स्वास्थ कार्यालय डडेल्धुराका अधिकृत हरि भट्टले बताए।

उनकाअनुसार सरकारले  कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका ६ हजार ९८६ किशोरीलाई यो खोप दिन लागिएको हो।

HARDIK AGRo NEw

खोप अभियान अमरगढी नगरपालिकामा माघ २२ देखि ३०, परशुराम नगरपालिकामा २२ देखि २७, आलिताल, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा माघ २२ देखि २७ र भागेश्वर गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ।

यसअघि गत वर्ष पनि डडेल्धुराका ३८५ जना किशोरीलाई एचपीभी खोप दिइएको तथ्यांक स्वास्थ्य कार्यालय डडेल्धुरासँग छ।

सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो।

नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रुपमा।

एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाको मृत्यु भएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.