अछाम फुपू-भदै मृत्यु प्रकरण : शंकास्पद दुईजना प्रहरीको नियन्त्रणमा

dream cafe
learnar

अछाम : अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको छ।

Amargadhi Education

पक्राउ पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन्।

जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो।

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए।

अजयमेरु फाैजी केरा

शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका छन्।

परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रशासनसँग माग गरेको छन्।

शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन्। मृतक दुवै जना एउटै परिवारको हुन।

मृतकमध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्।

शङ्कास्पद व्यक्तिका बारेमा परिवारका सदस्यले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ।

परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.