जिल्ला समन्वय समिति डोटीको क्वाटरमा खड्का मृत फेला, घाँटीमा खुडा प्रहार

dream cafe
learnar

डोटी : जिल्ला समन्वय समिति डोटीको क्वाटरमा एक जना मृत फेला परेका छन्।

जिल्लाको सायल गाउँपालिका-५ दैना बस्ने ४० वर्षका बहादुर खड्का मृत फेला परेका हुन्।

Ird
HARDIK AGRo NEw

डोटी प्रहरीका अनुसार खड्का शनिबार जिल्ला अस्पतालमा अन्दाजी १५ वर्षीया छोरीको उपचार गर्न गएका थिए।

उपचारपछि आफन्त पर्ने दीपायल सिलगढी नगरपालिका-६ सिलगढीस्थित जिल्ला समन्वय समिति डोटीका सवारी चालक छत्र खड्काको क्वाटरमा बास बसेका थिए।

छत्रले मृतक खड्काले मापसे गरेर धारिलो हतियार (खुडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको भन्दै आइतबार बिहान प्रहरीलाई खबर गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.