डडेल्धुराका हार्डवेयर व्यवसायीले बिना बैंक ग्यारेन्टी उधारोमा कारोबार नगर्ने

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराका हार्डवेयर व्यवसायीले उधारोमा कारोबार नगर्ने भएका छन्।

शनिबार बसेको हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका कारण बिना बैंक ग्यारेन्टी उधारोमा कारोबार नगर्ने निर्णय गरेका हुन्।

डडेल्धुरा हार्डवेयर व्यवसायी संघका अध्यक्ष लालमणि पन्तले तरलता अभाव चर्किएपछि हार्डवेयर व्यवसायीले उधारोमा सामान बेच्न बन्द गर्ने निर्णय गरेको बताए।

अजयमेरु फाैजी केरा

कोभिड महामारी पश्चात देशभरि भएको आर्थिक मन्दी र तरलता अभावले गत वर्षदेखि नै उद्योग र ठूला सप्लायर्सहरूले अग्रिम भुक्तानी, नगद र बैंक ग्यारेन्टीमा मात्र निर्माण सामग्रीहरूको बिक्रि वितरण गरिरहेको अध्यक्ष पन्तको भनाइ छ।

‘बैकहरूले ८ प्रतिशतमा सम्झौता गरिदिएको श्रृणको एक वर्षमा नै ब्याजदर सोह्र प्रतिशतसम्म पु¥याएका छन्। यस्तो परिस्थितिमा चर्को व्याजदर तिरि नगदमा मालसमान किनी उधारोमा बिक्रि वितरण गर्न नसक्ने अवस्थामा डडेल्धुराका हार्डवेयर व्यवसायी पुगेकोले बिना बैंक ग्यारेन्टी उधारोमा कारोबार नगर्ने निर्णय गरिएको हो,’ उनले भने।

साथै, चितवनमा वाइक दुर्घटनामा परेका अमरगढी नगरपालिका–१ डोलाका नरेन्द्रबहादुर ऐर र घास दाउरा काट्ने क्रममा घाइते भएका अमरगढी नगरपालिका–१ दगलाखेतका पदमबहादुर ऐरलाई उपचारका लागि दशरदश हजार सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.