सुदूरपश्चिम प्रहरीको बोर्डमा ‘आई लभ यू चित्रा’ !

dream cafe
learnar

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको मुख्य गेटमा रहेको डिजिटल बोर्ड ह्याक भएको छ। ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्।

प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई अनुशासनहीनता र गैरजिम्मेवारीपूर्ण भन्दै आलोचना गरेका छन्।

यसअघि पनि विभिन्न स्थानमा डिजिटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए। तर, प्रहरी कार्यालयजस्तो संवेदनशील संस्थाको बोर्ड ह्याक हुनु भने दुर्लभ र गम्भीर घटना मानिएको छ।

प्रहरीले साइबर सुरक्षालाई अझ सुदृढ बनाउन र यस्ता घटनालाई रोक्न आवश्यक कदम चाल्ने जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.