डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी, सञ्चालनमा कहिले ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुरामा डायलासिस सेवाको तयारी थालिएको छ।

आज (सोमबार)  अस्पतालले अमरगढी नगरपालिका-४ का ५४  वर्षीय मृगौला पीडित बिरामी राजेन्द्र विक्रम भण्डारीको स्वास्थ्य परिक्षण गरेको हो।

Amargadhi Education

भण्डारीको स्वास्थ्य परिक्षण सफल भएको र अबको एक साता भित्रै सेवा पूर्ण रूपमा सञ्चालनमा आउने अस्पताल प्रशासन शाखाका कम्प्युटर अपरेटर रमेश भट्टले बताए।

उपचारका लागि कैलाली धाउनुपर्ने बाध्यता हटेको भन्दै बिरामी भण्डारीले खुसी व्यक्त गरे। उनले भने, ‘आफ्नै ठाउँमा उपचार पाइने भयो।’

अजयमेरु फाैजी केरा

अस्पतालमा ५ वटा डायलासिस मसिन र त्यो सञ्चालनका लागि पूर्ण जनशक्ति रहेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए।

उनका अनुसार डायलासिस सेवा सुचारू गर्न कानुनी रूपमा सुचिकृत गर्नु पर्ने भएकोले पूर्ण रूपमा सेवा सञ्चालनमा आउन एक साता लाग्ने छ।

‘भोलि नै मेसुलाई काठमाडौं पठाउँदै छु। मन्त्रालय र सम्बन्धित विभागबाट अनुमती लिनुपर्छ,’ उनले भने, ‘डायलासिसको टिमले अनुगमन गर्छ। बैधानिकता पायो भने अनि हामीले नियमित सेवा दिन पाउँछाैं।’

डडेल्धुराका १२ जना मृगौला पीडित बिरामी सम्पर्कमा रहेको अस्पतालले जनाएको छ।

यहाँ सेवा सञ्चालनमा आए सुदूर पहाडका बिरामीलाई सहज हुने छ।

यसअघि यहाँका बिरामी डायलासिस गराउन  सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली जाने गरेको थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.